Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

भीम रावलको टिप्पणी : एमालेमा मैले उठाएको विषय सहि प्रमाणित भयो, प्रतिनिधिहरूले अवसरको उपयोग गरुन

भीम रावलको टिप्पणी : एमालेमा मैले उठाएको विषय सहि प्रमाणित भयो, प्रतिनिधिहरूले अवसरको उपयोग गरुन

images
  • भीम रावलको टिप्पणी : एमालेमा मैले उठाएको विषय सहि प्रमाणित भयो, प्रतिनिधिहरूले अवसरको उपयोग गरुन
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले नेकपा एमालेको महाधिवेशन बारे टिप्पणी गर्दै पार्टीलाई आफुले शुरु गरेको बाटोमा हिँडाउने अवसर एघारौं महाधिवेशनका प्रतिनिधिहरूको सामु आएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले एमालेको दशौँ महाधिवेशनमा आफुले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको कुरा गरी अध्यक्ष पदमा दिएको उम्मेदवारी कति उचित थियो भन्ने अहिले सबैलाई स्पष्ट भएको विश्वास व्यक्त गरेका छन् । 

    images
    images
    images

    उनले भनेका छन् : 

    images
    images
    images

    एमालेमा रहँदा दशौँ महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी ओलीसँगको व्यक्तिगत इबी र विरोधको रुपमा चित्रित गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य  पार्टीलाई विधि,पद्धति अनुरूप देशको सर्वोपररी हितको दिशामा अगाडि बढाउने र  महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्वाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो । तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो । अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति  सही रहेछ भन्ने स्पष्ट भएको छ । अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अतः एमालेको एघारौं महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रुपमा प्रतिनिधिहरुले उपयोग गर्न सके भने उचित हुनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।