Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नेकपा विघटन हुदाको पिडा आज बिर्सिए : भीम रावल

नेकपा विघटन हुदाको पिडा आज बिर्सिए : भीम रावल

images
  • नेकपा विघटन हुदाको पिडा आज बिर्सिए : भीम रावल
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका नेता भीम रावलले नेकपा विघटन हुदाको पिडा अहिले बिर्सेको बताएका छन् ।

    images
    images
    images

    मातृभूमि जागरण अभियान, नेपाल, नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने कार्यक्रममा बोल्दै नेता रावलले एक जनाको सत्ता मोहले तत्कालिन नेकपा विघटन भएको भन्दै अहिले आफुले त्यी पिडा बिर्सेको महसुस भएको बताएका हुन् । 

    images
    images
    images

    उनले भने- 'हामीले धेरै ठुलो आकांक्षा राखेर कम्युनिष्ट पार्टीलाई सशक्त र शक्तिशाली बनाएर मातृभूमि नेपालको मुहार उज्यालो बनाउनको लागि दोस्रो केन्द्रीय कमिटीको बैठक यहि राष्ट्रिय सभामा भएको मलाई सम्झना भइरहेको छ । हामीले दोस्रो कमिटीको बैठकमा बाहिरी हस्तक्षेपका सांगलाहरुलाई चुडालेर २००६ सालमा स्थापित कम्युनिष्ट पार्टीको राजनीतिक आर्थिक संस्कृतिक उद्धेश्यलाई सफल पार्न गरेका बाचा र संकल्पहरु एक जनाको अहंकार, सत्ता स्वार्थ, विरोधी राजनीति दलसँग भएपनि असिमित सत्ता लिप्तको कारणले ढलेको नेकपाको त्यो इतिहासलाई आज म स्मरण गरिरहेको छु । आज फेरी नयाँ संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको झण्डा लिएर उपस्थित हुदा म त्यो बेलाको दुख र गह्रौं मनलाई बिर्सेको छु ।'  

    images
    images
    images

    उनले नेपाली कम्युनिष्ट पार्टीले देशको स्वाधीनताको रक्षा गर्नुपर्ने र कृषि क्रान्ति गर्नुपर्ने बताउदै कम्युनिष्ट पार्टीको ७५ बर्षको इतिहासमा आफ्नो संस्कृतिलाई जोगाउन नसकेको बताए । उनले विगतमा जे भएपनि अब नेपाली कम्युनिष्ट पार्टीले हाम्रो संस्कृति जोगाउन अभियान चलाउने बताएका छन् । देशको राष्ट्रिय सुरक्षा दुई दिनमै ढलेको भन्दै अब नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।