Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगन थापाले गरे सभापतिको पदभार ग्रहण

गगन थापाले गरे सभापतिको पदभार ग्रहण

images
  • गगन थापाले गरे सभापतिको पदभार ग्रहण
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् । केहीबेर अघि केन्द्रीय कार्यालय सानेपा पुगेका सभापति थापाले आफ्नो पदभार ग्रहण गरेका हुन् । 

    images
    images
    images

    विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पहिलो पटक नवनिर्वाचित सभापति र उपसभापतिसहित कार्यसमितिका सदस्यहरु केन्द्रीय कार्यालय पुगेका हुन् । उनीहरुलाई सयौं नेता कार्यकर्ताले नाराबाजी गर्दै पार्टी कार्यालयमा स्वागत गरेका थिए ।

    images
    images
    images

    आज सभापति गगन थापाले पार्टी कार्यालयमा कार्यभार सम्हालेपछि केन्द्रीय समितिको बैठक बस्न लागेको छ । आजको बैठकले काँग्रेसले आगामी चुनावमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने तयारी गरेको छ । 

    images
    images
    images

    थापा यस पटक आफ्नो सिट काठमाडौँ-४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । 

    गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।

    विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो । यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।