Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा नेपाल ७ विकेटले विजयी

श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा नेपाल ७ विकेटले विजयी

images
  • श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा नेपाल ७ विकेटले विजयी
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न अभ्यास खेलमा नेपालले श्रीलंका ए टिमलाई ७ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    श्रीलंका ए ले दिएको १३३ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ४९ रन बनाए भने आरिफ सेखले अविजित २४ र दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १९ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको श्रीलंका ए ले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो । 

    images
    images
    images

    नेपालले यस अघिका २ खेलमा लगातार हार बेहोरेर अन्तत: तेस्रो खेलमा जित हासिल गरेको छ ।

    अब नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।