Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

देवदहमा यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु

देवदहमा यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु

images
  • देवदहमा यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु
    images
    images

    देवदह । स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आइतवारदेखि देवदहमा सुरु भएको छ । जिल्लाभित्रका युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । 

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै पूर्व राष्ट्रिय खेलाडी तथा स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनले देवदहमा क्रिकेटको सम्भावना देखेर आफुले सहयोग गर्दै आएको बताए । 'देवदहका युवामा क्रिकेटप्रतिको लगाव देखेर मैले निरन्तर रुपमा यहाँको क्रिकेटलाई सहयोग गर्दै आएको छु ।' गौचनले भने, 'यहाँको खेल मैदान पनि स्तरिय बनेको छ, यसमा अझै लगानी गर्न सके यो राष्ट्रियस्तरको ग्राउण्ड बन्न सक्छ ।'

    images
    images
    images

     उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण अधिकारीले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो । उहाँले स्थानीय तहले युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगितालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्रिकेटजस्ता खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउने उल्लेख गर्नुभयो । स्थानीय स्तरबाटै प्रतिभा उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, स्मृति सामुदायिक वनका अध्यक्ष भारत गुरुङ, वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकान्त खरेल, देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गैरे, जे.आर. क्रिकेट एकेडेमीका डाइरेक्टर गङ्गा राम सुनार लगायत बोलेका थिए ।

    प्रतियोगितामा जिल्लाका विभिन्न क्रिकेट एकेडेमी तथा क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिता दुई समूहमा सञ्चालन भइरहेको छ । समूह ‘ए’ मा जितगढी क्रिकेट एकेडेमी, देवदह क्रिकेट क्लब र स्टार क्रिकेट एकेडेमी रहेका छन् भने समूह ‘बी’ मा न्यू होराइजन स्पोर्ट्स क्लब, नेपथ्य टी.सी.ए र वेस्टर्न क्रिकेट एकेडेमी सहभागी छन् ।

    प्रतियोगिताले देवदह तथा आसपासका क्षेत्रमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नवप्रतिभा पहिचान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।