Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकामा हिम आँधीको विनाश : १३ जनाले गुमाए ज्यान

अमेरिकामा हिम आँधीको विनाश : १३ जनाले गुमाए ज्यान

images
  • अमेरिकामा हिम आँधीको विनाश : १३ जनाले गुमाए ज्यान
    images
    images

    काठमाडौँ । संयुक्त राज्य अमेरिकामा आएको हिम आँधीले विनाश मच्चाएको छ । आँधीका कारण १३ जनाको ज्यान लिएको छ । लगभग दस लाख मानिसहरूले बिजुली गुमाएका छन् भने असिना र हिउसहिर परेको वर्षाले बिजुलीका तारहरूमा ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

    images
    images
    images

    यस विपत्तिपछि ठूलो संख्यामा उडानहरू रद्द गरिएको छ । रिपोर्टहरू अनुसार, कुल ११ हजार ४६६ उडानहरू रद्द गरिएको छ । सोमबारसम्म धेरै ठाउँमा विद्यालय र सरकारी कार्यालयहरू बन्द गरिएका छन् । मौसम सेवाले आँधीपछि कडा चिसोको अवधि सुरु हुने चेतावनी दिएको छ । मौसमविद्हरूले वर्षा रोकिएपछि पनि तापक्रम शून्यभन्दा कम रहनेछ, जसले गर्दा बिजुली नभएकाहरूका लागि कठिनाइहरू बढ्नेछ । लगभग १५ करोड मानिसहरू यस मौसमबाट प्रभावित हुने चेतावनी मौसम विभागले दिएको छ ।

    images
    images
    images

    आइतबार दिउँसोसम्म, लगभग १० लाख मानिसहरू बिजुली बिना बाँचिरहेका थिए । सबैभन्दा बढी प्रभावित क्षेत्रहरू टेनेसी, मिसिसिपी, लुइसियाना र टेक्सासका रहेका छन् । ऊर्जा र विद्युत निगम संघले ११ राज्यहरूमा हजारौं टोलीहरू बिजुली पुनर्स्थापित गर्न चौबीसै घण्टा काम गरिरहेको बताएको छ ।

    images
    images
    images

    तथ्याङ्क अनुसार, पेन्सिलभेनियाका केही क्षेत्रमा ३६ घण्टामा २० इन्चसम्म हिउँ परेको छ । मिनेसोटामा तापक्रम माइनस ४० डिग्रीमा झरेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।