Logo

२०८३, आश्विन ९गते


images
images

कोभिड - १९ अपडेट

गुल्मी मुसिकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी

गुल्मी मुसिकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी

images
  • सेतोमसी सहकर्मी
  • गुल्मी मुसिकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी
    images
    images

    गोविन्द कंडेल, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मीमा थप ४ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । शंकास्पद लक्षण देखिएका ७ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं ३ का एक पुरुष / दुइ महिला गरी ३ जना र वडा नं. ७ का एक जना पूरूषमा कोरोना सक्रंमण पुष्टी भएको हो ।

    images
    images
    images

    संक्रमित मध्ये वडा नं. ३ का एक जना पूरूष केही दिन अगाडी भारतबाट र अर्को एक जना महिला वुटवल देखी आएको वताइएको छ  भने एक जना भारतबाट अाएका पूरूषकी श्रीमती हुन ।

    images
    images
    images

    त्यसै गरी वडा नं. ७ का एक जना पूरूष महेन्द्र आदर्श नमुना मा. वि. वामीटक्सार गुल्मीका शिक्षक रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि. वि.  जि. सी. ले जानकारी दिनुभयो । उनीहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षणका गरीएको जि. सी. ले वताउनु भयो ।

    images
    images
    images

    रुघाखोकी र ज्वरो देखिए पनि उनीहरूको अवस्था सामान्य रहेको र अहिले होम आईसोलेनमा पठाईएको उहाँले बताउनुभयो । उनीहरूको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई शंकास्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने जि. सी. ले वताउनु भयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # मुसिकाेट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।