Logo

२०८३, श्रावण ३०गते


images
images

युक्रेनका राष्ट्रपतिले भावुक हुँदै भने, 'संसारले यो युद्धमा हामीलाई एक्लै छाड्यो'

युक्रेनका राष्ट्रपतिले भावुक हुँदै भने, 'संसारले यो युद्धमा हामीलाई एक्लै छाड्यो'

images
  • युक्रेनका राष्ट्रपतिले भावुक हुँदै भने, 'संसारले यो युद्धमा हामीलाई एक्लै छाड्यो'
    images
    images

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुसी आक्रमणपछि अत्यन्त भावुक सन्देश दिएका छन् । उनले रुसी भाषामा समेत संवोधन गरेका छन् । उनले किन हामीमाथि आक्रमण गर्नु हुन्छ भन्दै रुसमाथि प्रश्न गरेका छन् ।

    images
    images
    images


    साथै उनले आफू देश छाडेर नजाने र रुसको पहिलो टार्गेट आफू भएको पनि बताए । उनले आँशु झार्दै भनेका छन्, मेरो श्रीमती, बच्चाहरु, देशका नागरिकहरु युद्धको निशानामा परेका छन् । तर पनि दुनियाँले हामीलाई यो युद्धमा एक्लै छाड्यो । उनले भिडियो सन्देशमा व्यक्त गरेका छन् ।

    images
    images
    images


    अमेरीका र नेटोले रुसी आक्रमणको बिरोधमा प्रतिवन्धको घोषणा बाहेक अन्य केही गर्न नसकेको र यो युद्ध युरोपकै लागि खतरा भएको पनि जेलेन्सकीले बताएका छन् ।

    images
    images
    images

    उनले रुसी राष्ट्रपतिसँग आफूले संवाद गर्न खोजेको तर पुटिनले फोन नउठाएको भन्दै फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनलाई भनिदिन आग्रह गरेका थिए ।
    सो बमोजिम म्याक्रोनले पुटिनसँग टेलिफोन संवाद गरेका थिए ।


    उच्च स्रोतहरुका अनुसार पुटिन युक्रेनसँग वार्ताका लागि तयार छन् तर आत्मसमर्पण गर्नु पर्ने शर्तमा ।
    अमेरीकाले युक्रेनले रुस विरुद्ध आफै लड्नु पर्ने र सेना नपठाउने बताएपछि जेलेन्सकी थप भावुक बनेका हुन् ।


    रुसको सैन्य आक्रमणको दुई दिन भित्रै राजधानी किभमा रुसी सेनाले घेरा हाल्दैछ । जल, थल र हवाई क्षेत्रबाट भारी मात्रामा सैन्य संरचनाहरु ध्वस्त पार्दै रुस अघि बढीरहेको छ । लाखाँै युक्रेनी नागरिकहरु रुदै बंकरभित्र बसेका छन् ।


    संसारभरबाट बिरोध जारी रहे पनि रुसले आक्रमण रोखेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।