Logo

२०८३, श्रावण ३०गते


images
images

गृहमन्त्री र आयोगका पदाधिकारीबीच निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न छलफल

गृहमन्त्री र आयोगका पदाधिकारीबीच निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न छलफल

images
  • गृहमन्त्री र आयोगका पदाधिकारीबीच निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न छलफल
    images
    images

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीहरूबीच निर्वाचन केन्द्रीत छलफल भएको छ । 

    images
    images
    images

    विहिबार भएको छलफलमा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराउने तथा सुरक्षा व्यवस्था सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    छलफलमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन लक्षित शान्ति सुरक्षा र प्रभावकारी अनुगमनको आवश्यकता औँल्याएका थिए ।

    images
    images
    images

    सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचनका लागि सुदृढ शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिँदै दण्डहीनता कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका थिए । उनले आचारसंहिता उल्लङ्घन लगायतका अवाञ्छित गतिविधि निस्तेज पार्न र आचारसंहिता परिपालनाको सूक्ष्म अनुगमन गर्न मन्त्रालय मातहतका सम्पूर्ण निकायहरूलाई पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।