काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स-२०२६ खेल्ने भएको छ ।
फेब्रुअरी १३ देखि २२ सम्म थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश ए, भारत ए, पाकिस्तान ए, श्रीलंका ए, मलेसिया, थाइल्याण्ड र युएई गरेर ८ देशले भाग लिदैछन् ।
यस प्रतियोगिता,मा नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा भारत ए, पाकिस्तान ए र युएई रहेका छन् । नेपालले पहिलो खेल फेब्रुअरी १३ मा पाकिस्तान ए सँग खेल्ने छ भने दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने छ ।
दुई समुहका शिर्ष दुई देशले सेमिफाइनल खेल्ने छन् भने फाइनल खेल फेब्रुअरी २२ मा हुने छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ । नियमित कप्तान घाइते भएपछि पुजाले पहिलो पटक नेपाली सिनियर टिमको कप्तानी गर्ने भएकी छन् । नेपाली टिममा पुजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमा केसी रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology