Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मस्कोमा रुसी जनरलमाथि गोली प्रहार : अवस्था गम्भीर

मस्कोमा रुसी जनरलमाथि गोली प्रहार : अवस्था गम्भीर

images
  • मस्कोमा रुसी जनरलमाथि गोली प्रहार : अवस्था गम्भीर
    images
    images

    काठमाडौँ । रुसको राजधानी मस्कोमा रुसी उच्चपदस्थ सैनिक अधिकारीमाथि गोली प्रहार भएको छ । रुसी मिडियाका अनुसार लेफ्टिनेन्ट जनरल भ्लादिमिर आलेक्सेयेभमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।

    images
    images
    images

    मस्कोको भोलोकोलाम्स्कोये हाइवेस्थित एक आवासीय भवनभित्र आलेक्सेयेभमाथि धेरै राउन्ड गोली प्रहार गरिएको र आक्रमणकारी घटनास्थलबाट फरार भएको बताइएको छ ।

    images
    images
    images

    गोली लागेका जनरल आलेक्सेयेभलाई तत्काल मस्कोको एक सहर अस्पतालमा भर्ना गरिएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार उनी हाल सघन उपचार कक्ष (आईसीयू) मा छन् र उनको अवस्था गम्भीर रहेको छ ।

    images
    images
    images

    सन् २०२५ मा अमेरिकी कांग्रेसनल रिसर्च सर्भिसले प्रकाशित गरेको प्रतिवेदनअनुसार भ्लादिमिर आलेक्सेयेभ रुसको मुख्य गुप्तचर निकाय जीआरयूका प्रथम उपप्रमुख हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मस्को
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।