Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेशमा मतदान सम्पन्न, मतगणना सुरु

बंगलादेशमा मतदान सम्पन्न, मतगणना सुरु

images
  • बंगलादेशमा मतदान सम्पन्न, मतगणना सुरु
    images
    images

    काठमाडौँ । बंगलादेशमा १३औँ संसदीय चुनाव तथा जनमत संग्रहका लागि मतदान सम्पन्न भएपछि बंगलादेशका विभिन्न स्थानमा मतगणना सुरु भएको छ । स्थानीय मिडियाहरुले धेरै मतदान केन्द्रमा मतगणना शुरु भएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    यस वर्ष संसदीय चुनाव र जनमत संग्रहका मतपत्र एउटै मतपेटिकामा राखिएको थियो ।

    images
    images
    images

    संसदीय चुनावका मतपत्र कालो- सेतो रंगका छन् भने जनमत संग्रहका मतपत्र गुलाबी रंगका रहेका छन् । मतगणनाका क्रममा सबैभन्दा पहिले दुवै रंगका मतपत्र छुट्याइनेछ र त्यसपछि छुट्टाछुट्टै रूपमा गणना गरिने निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

    images
    images
    images

    निर्वाचन आयोगले मतगणनाको नतिजा क्रमशः सार्वजनिक गरिने बताएको छ । निर्वाचन आयोगले आधिकारीक जानकारी नदिएपनि ५० प्रतिशत भन्दा बढी मतदान भएको बताइएको छ ।

    २०२४ को अक्टोबरमा भएको विद्रोहपछि पहिलो पटक निर्वाचन हुन लागेको छ । चुनावपूर्व सार्वजनिक गरिएका जनमत सर्वेक्षणहरूमा बीएनपी अग्रस्थानमा देखिएको छ । यस चुनावमा पुर्व प्रधानमन्त्री सेख हसिनको दल अवामी लिगलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएकोले मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र यसअघि उसको  सहयोगी जमात–ए–इस्लामीबीच देखिएको छ ।

    ३०० सिटमध्ये २९९ सिटमा मतदान हुँदैछ । एक उम्मेदवारको निधनका कारण एक सिटमा मतदान स्थगित गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।