Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकाले मध्यपुर्वमा दोस्रो विमानवाहक युद्धपोत पठाउदै

अमेरिकाले मध्यपुर्वमा दोस्रो विमानवाहक युद्धपोत पठाउदै

images
  • अमेरिकाले मध्यपुर्वमा दोस्रो विमानवाहक युद्धपोत पठाउदै
    images
    images

    काठमाडौँ । अमेरिकाले इरानसँग बढ्दो तनावबीच मध्यपूर्व क्षेत्रमा दोस्रो विमानवाहक युद्धपोत पठाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक कार्यक्रमसम्बन्धी सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

    images
    images
    images

    अमेरिकाले यसअघि नै युएसएस आब्रहम लिंकन युद्धपोत क्षेत्रमा पठाइसकेको छ भने अब युएसएस गेराल्ड आर फोर्डसहितका सुरक्षा जहाजहरू पनि पठाइने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । यी जहाजहरू अप्रिल अन्त्य वा मे प्रारम्भसम्म आफ्नो आधार बन्दरगाह नफर्कने बताइएको छ ।

    images
    images
    images

    गत महिना इरानमा भएको प्रदर्शनपछि वाशिङ्टन र तेहरानबीच तनाव बढेको हो । पश्चिमी देशहरूले इरानको आणविक कार्यक्रम बम निर्माणतर्फ उन्मुख भएको आशंका गर्दै आएका छन् भने ट्रम्पले सैन्य कारबाही नगर्ने सर्तस्वरूप सम्झौता आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    दुवै देशबीच सन् १९७९ को इस्लामिक क्रान्तिपछि औपचारिक कूटनीतिक सम्बन्ध छैन। तर गत साता ओमानमा आणविक कार्यक्रमबारे वार्ता भएको थियो र सम्झौताको सम्भावना प्रति ट्रम्प आशावादी देखिएका छन् ।

    अर्कोतर्फ बेन्जामिन नेतान्याहूले ट्रम्पसँग भेटपछि सम्भावित सम्झौताबारे शंका व्यक्त गर्दै यदि इरानका ब्यालिस्टिक क्षेप्यास्त्र समेटिएन भने सम्झौता पर्याप्त नहुने बताएका छन् ।

    यसअघि जुन महिनामा अमेरिका र इजरायलले इरानका आणविक संरचनामाथि संयुक्त आक्रमण गरेको थियो । तर भविष्यमा सम्भावित सैन्य कारबाहीको लक्ष्य र दायरा कस्तो हुने भन्नेबारे स्पष्ट सहमति भने अझ बनेको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।