देवदह । दोस्रो एमआई सुपर सेभेन क्रिकेट प्रतियोगिताको उपाधि भैरहवा मोबाईल एसोसियसनले हात पारेको छ । बुटवल मोवाईल एसोसियसन 'वि' लाई ५ विकेटले पराजित गर्दै भैरहवाले उपाधि हात पारेको हो ।
प्रतियोगिताको पहिलो ईनिङ खेल्दै बुटवलले पुरै सात ओभरमा ५ विकेटको क्षतीमा ५२ रन जोड्न सक्यो । जवाफमा ५३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भैरहवाले ७ वल अगावै लक्ष्य पुरा गर्यो । भैरहवाले ५.५ ओभरमा १ विकेटको रोमाञ्चक जीत हात पार्यो ।
फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कैलाश कोईरी म्यान अफ दि म्याच घोषित भए भने प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको भन्दै कोइरीलाई नै उत्कृष्ट खेलाडीको रुपमा समेत सम्मान गरियो ।
प्रतियोगितामा देवदहका रोशन गौतमले मुख्य एम्पाएर र सुरज खड्काले लेग एम्पाएरको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार र उपविजेता टिमलाई नगद १५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको पहिलो संस्करणको विजेता कपिलवस्तु मोवाइल फोन व्यवसायी संघ बनेको थियो भने तेस्रो संस्करण भैरहवा स्थित सिद्धार्थ रंगशालामा संचालन गरिने आयोजकले जनाएका छन् ।
नेपाल मोबाइल डिस्ट्रीव्युसन एशोसियसन लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा कपिलवस्तु, रूपन्देही र नवलपरासीका ८ वटा टिम सहभागी थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology