Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

images
  • दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
    images
    images

    काठमाडौँ । काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ ।

    images
    images
    images

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरअस्थित् निवासबाटै पक्राउ परेका थिए ।

    images
    images
    images

    प्रसाईंले निर्वाचन विरोधी अभिव्यक्ति दिएका कारण उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाएको कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ ।

    प्रसाईंले राख्दै आएका माग सरकारले पुरा नभएपछि बन्द गर्ने र चुनाव हुन नदिने अभिव्यक्ति दिएका थिए । उनी यसअघि माघ २३ मा पनि पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।