Logo

२०८३, आश्विन ९गते


images
images

बढ्यो अण्डाको मुल्य

बढ्यो अण्डाको मुल्य

images
  • बढ्यो अण्डाको मुल्य
    images
    images

    चितवन । केही दिनअघि घटेको अण्डाको मूल्य पुनः बढेको छ । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको जनाएको छ ।

    images
    images
    images

    सङ्घका अनुसार ठूलो अण्डाको मूल्य अब प्रतिक्रेट ४२५ रुपैयाँ पुगेको छ भने मझौला (मिडियम) अण्डाको मूल्य ३७५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र मझौला अण्डा ३३५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । पछिल्लो निर्णयसँगै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँसम्म वृद्धि भएको हो ।

    images
    images
    images

    अण्डाको उत्पादन लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको सङ्घले स्पष्ट पारेको छ । सङ्घको पछिल्लो तथ्याङ्क अनुसार हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको बताइएको छ ।

    images
    images
    images

    मूल्य वृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने अनुमान गरिएको छ भने व्यवसायीहरूले भने लागत बढिरहेकाले मूल्य समायोजन अपरिहार्य भएको बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अण्डा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।