Logo

२०८३, आश्विन ९गते


images
images

अण्डाको मुल्य बढ्यो

अण्डाको मुल्य बढ्यो

images
  • अण्डाको मुल्य बढ्यो
    images
    images

    चितवन । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघले देशभर लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    images
    images
    images

    आजदेखि लागु भएको नयाँ मूल्य सूची अनुसार अण्डाको मूल्यमा प्रति क्रेट १५ रुपैयाँले वृद्धि गरिएको छ । यसअघि चैत १६ गते तोकिएको मूल्यलाई परिमार्जन गर्दै संघले 'एक्सेल' अण्डाको फार्म मूल्य प्रति क्रेट ४७५ रुपैयाँ कायम गरेको छ । त्यसैगरी, ठूलो अण्डाको मूल्य प्रति क्रेट ४५० रुपैयाँ र मिडियम अण्डाको मूल्य ४०० रुपैयाँ तोकिएको छ । चितवनलाई आधार मानेर तय गरिएको यो मूल्य देशभरका उत्पादक र विक्रेताका लागि सन्दर्भ मूल्य हुनेछ ।

    images
    images
    images

    चितवनबाट लोड भई देशका विभिन्न डिपोहरूमा अण्डा पुर्‍याउदा लाग्ने ढुवानी भाडा, कार्टुन र क्रेट बापत प्रति क्रेट थप १४५ रुपैयाँ लाग्ने संघले जानकारी दिएको छ । लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको भन्दै संघले सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ दररेट अनुसार नै अण्डाको खरिद-बिक्री गरिदिन अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अण्डा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।