Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगन थापाले दिए रवि लामिछाने बारेको 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ

गगन थापाले दिए रवि लामिछाने बारेको 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ

images
  • गगन थापाले दिए रवि लामिछाने बारेको 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफुलाई पटक पटक सोधिने 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ दिएका छन् ।

    images
    images
    images

    काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले 'प्रमाण खोई ?' भन्ने प्रश्नको जवाफ दिदै रवि लामिछानेको सहकारी ठगीमा संलग्नता पुष्टि सर्वोच्च अदालतको आदेशले नै गरेको भन्दै आफुलाई प्रश्न गर्न भन्दा पनि सर्वोच्चको आदेश प्पढ्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले सो अवसरमा भने- 'साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु । यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।’

    images
    images
    images

    सभापति थापाले जिल्ला अदालतका मिसिलहरूलाई पढेर सुनाउदै लामिछानेको नाममा करोडौं रुपैयाँ ऋण प्रवाह भएको उल्लेख गरे ।

    सभापति थापाले सर्वोच्च अदालतको वेबसाइटमा रहेको फैसलाको बुँदा उल्लेख गर्दै लामिछानेले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिएको सर्वोच्चले नै ठहर गरेको बताएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।