Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

दुर्गा प्रसाईलाई उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईलाई उपस्थित गराउन सर्वोच्चको आदेश

images
  • दुर्गा प्रसाईलाई उपस्थित गराउन सर्वोच्चको आदेश
    images
    images

    काठमाडौँ । सर्वोच्च अदालतले  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजकतथा  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । 

    images
    images
    images

     शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । 

    images
    images
    images

    दुर्गा प्रसाईंको हकमा उमा प्रसाईंले दर्ता गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले यस्तो आदेश गरेको छ ।

    images
    images
    images

    उनलाई फागुन ४ गते पक्राउ गरेर चार दिन म्याद थपिएको छ । यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले हाजिरी जमानीमा छोडेको थियो ।

    प्रसाईंले निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको भन्दै प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै आएको छ । उनी यसअघि माघ ५ मा पनि पोखराबाट पक्राउ परेका थिए र हाजिरी जमानीमा छुटेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।