Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गा प्रसाईको अभियानले फागुन १७ गतेदेखि देशव्यापी आमहड्ताल गर्ने

दुर्गा प्रसाईको अभियानले फागुन १७ गतेदेखि देशव्यापी आमहड्ताल गर्ने

images
  • दुर्गा प्रसाईको अभियानले फागुन १७ गतेदेखि देशव्यापी आमहड्ताल गर्ने
    images
    images

    काठमाडौँ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आगामी फागुन १७ गतेदेखि देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । शुक्रवार प्रसाईंको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयन नभएको, आफ्ना अभियन्तालाई पक्राउ तथा हिरासतमा राखिएको भन्दै आन्दोलनमा जान बाध्य भएको उल्लेख छ ।

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै अभियानका संगठन विभाग प्रमुख प्रेम थापाले हिरासतभित्रबाटै अध्यक्ष प्रसाईले प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेको बताए । आफुहरु निर्णयबाट पछि नहट्ने उनको भनाइ छ । 

    images
    images
    images

    महाअभियानले हिन्दु राज्य र राजसंस्था पक्षधर शक्तिहरूको सहभागिता विना सेना परिचालन गरेर निर्वाचन गराउन खोजिएको आरोप लगाएको छ । साथै देशको सुरक्षा अवस्था कमजोर रहेको, फरार कैदीबन्दी र लुटिएका हातहतियार सरकारको नियन्त्रणमा नआएको अवस्थामा नागरिकले सुरक्षित रूपमा मतदान गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    विज्ञप्तिमा आफुहरुसंग गरिएको सहमति कार्यान्वयन नगर्नु नेपाली जनतालाई धोका दिने कार्य भएको दाबी गर्दै निर्वाचन बहिष्कार गर्ने जनाइएको छ ।
     
    आन्दोलनका क्रममा हुन सक्ने धनजनको क्षतिको जिम्मेवारी सरकारकै हुने चेतावनी समेत प्रसाईले दिएका छन् ।  

    आमहड्ताल सफल पार्न उद्योग, व्यापार, यातायात, शैक्षिक संस्था, बैंक तथा वित्तीय क्षेत्रलाई बन्द गरेर सहयोग गर्न महाअभियानले अपिल गरेको छ । साथै निर्वाचन बहिष्कार गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन राजनीतिक दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार र नागरिक समाजलाई आग्रह गरिएको छ ।

    दुर्गा प्रसाई bigyapti.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।