Logo

२०८३, श्रावण ३०गते


images
images

रौतहटमा दुई समुदायबीच पुन: विवाद, कर्फ्यु जारी

रौतहटमा दुई समुदायबीच पुन: विवाद, कर्फ्यु जारी

images
  • रौतहटमा दुई समुदायबीच पुन: विवाद, कर्फ्यु जारी
    images
    images

    रौतहट । सहमति पालना नभएर पुन: विवाद बढेपछि पछि रौतहटमा प्रशासनले कर्फ्यु लगाएको छ । 

    images
    images
    images

    गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

    images
    images
    images

    शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए ।

    images
    images
    images

    शनिबार बिहानदेखि पुन: विवाद सुरु भई झडप र आगजनी सुरु भएको झडपमा ६ जना घाइते भएका थिए ।  प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन् ।

    प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने  १२ वटा मोटरसाइकल तोडफोड भएको  रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रौतहट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।