Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

रौतहटको कर्फ्यू आदेश हटाइयो

रौतहटको कर्फ्यू आदेश हटाइयो

images
  • रौतहटको कर्फ्यू आदेश हटाइयो
    images
    images

    रौतहट । रौतहट जिल्लाको गौर क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि कर्फ्यू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    images
    images
    images

    यसअघि मिति २०८२ फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू आदेशअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको थियो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको उक्त आदेश जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले हटाउने निर्णय गरेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रौतहट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।