Logo

२०८३, श्रावण ३०गते


images
images

जय ट्रफी

जय ट्रफी : एपीएफमाथि पुलिस क्लबको ९ विकेटको जित

जय ट्रफी : एपीएफमाथि पुलिस क्लबको ९ विकेटको जित

images
  • जय ट्रफी : एपीएफमाथि पुलिस क्लबको ९ विकेटको जित
    images
    images

    काठमाडौँ । जारी जय ट्रफी अन्तर्गत नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । मंगलबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ९ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    एपीएफले दिएको ११३ रनको लक्ष्य पछाएको पुलिस क्लबले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । पुलिसको जितमा कुशल भुर्तेलले अविजित ७१ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि एपीएफले पहिलो इनिंगमा १८५ रन बनाएको थियो भने पुलिस क्लबले ७ विकेट गुमाएर २७७ रन बनाएर इनिंग घोषणा गरेको थियो । त्यसपछि एपीएफले दोस्रो इनिंगमा २०४ रन बनाएर अल आउट भएको थियो । 

    images
    images
    images

    २-२ खेलपछि एपीएफ ३८ अंकसहित शिर्ष स्थानमा छ भने पुलिस क्लब ३७.५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    अब नेपाल पुलिस क्लबले अर्को खेल विहिबारदेखि बागमती प्रदेश विरुद्ध खेल्ने छ भने एपीएफले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जय ट्रफी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।