Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषधसहित ६ जना पक्राउ

images
  • अवैध लागूऔषधसहित ६ जना पक्राउ
    images
    images

    काठमाडौँ । स्याङ्जा, कञ्चनपुर र कैलालीमा प्रहरीले विभिन्न अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका-१ जिरोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुलसहित २७ वर्षीय अनिस थापा र एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले ना.२२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    त्यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका-८ स्थित कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १ ग्राम ३३० मिलिग्रामसहित २० वर्षीय दिपेश रानालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पचुइबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-२ बैजनाथ टोलबाट पनि अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ५० मिलिग्रामसहित २९ वर्षीय कनैया चौधरी र अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।