रमेश बहादुर सिह, बझाङ । नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, गाउँ गाउँमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएकोछ । बैसाख ३०गते आउने चुनावलाई मध्येनजर् गर्दै सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति खड्क बहादुर बोहराले बताए ।
'जिल्लामा हरेक टोल टोलमा गएर समिति विस्तार गर्न अभियान जारी रहेको छ। अब केहि दिन बाट जिल्लाबाट टोली बनाएर घरघरमा पुग्ने अभियान सुरु गरिने छ', उनले भने । उनका अनुसार पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हो । सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्ने उनले बताए ।
यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सचिव उत्तम बहादुर रोकायाले बताउँछन । पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको हो । पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पुयाउनका लागि यो अभियान सञ्चालनको तयारी भएको बताइएको छ।
आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने उनीहरूको भनाइ छ । उक्त अभियानका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology