Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानको इजरायलविरुद्ध जवाफी आक्रमण शुरु

इरानको इजरायलविरुद्ध जवाफी आक्रमण शुरु

images
  • इरानको इजरायलविरुद्ध जवाफी आक्रमण शुरु
    images
    images

    काठमाडौँ । इरानले इजरायलविरुद्ध जवाफी क्षेप्यास्त्र आक्रमण शुरु गरेको छ ।

    images
    images
    images

    इजरायली रक्षा बलले इरानले इजरायलतर्फ आक्रमण शुरु गरेको जनाएको छ । इजरायल डिफेन्स फोर्सका अनुसार केही समयअघि इरानबाट इजरायलको भूभाग लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि भएको हो ।

    images
    images
    images

    क्षेप्यास्त्र प्रहार भएपछि देशका विभिन्न क्षेत्रमा चेतावनी सायरन बजाइएको र नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको इजरायली सेनाले जनाएको छ ।

    images
    images
    images

    इजरायली वायुसेना सम्भावित खतरा रोक्न तथा आक्रमण रोक्ने प्रयासमा सक्रिय रहेको बताइएको छ । रक्षा प्रणाली पूर्ण रूपमा सुरक्षित नहुने भएकाले नागरिकलाई सुरक्षित स्थानमा बस्न र सरकारी निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

    इरानले इजरायलको आक्रमणको जवाफस्वरूप प्रतिआक्रमण गरेको बताइएको छ भने क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ ।

    यसैबीच अमेरिका र इजरायलले इरानको रक्षा मन्त्रालयमा आक्रमण गरेका छन् । अमेरिका र इजरायलले शनिबार बिहान पहिलो चरणको आक्रमण गरेकोमा हाल इरानमाथि दोस्रो चरण आक्रमण जारी रहेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।