Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानको क्षेप्यास्त्र आक्रमण रोकेको युएईको दाबि : अफवाह नफैलाउन आग्रह

इरानको क्षेप्यास्त्र आक्रमण रोकेको युएईको दाबि : अफवाह नफैलाउन आग्रह

images
  • इरानको क्षेप्यास्त्र आक्रमण रोकेको युएईको दाबि : अफवाह नफैलाउन आग्रह
    images
    images

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानबाट प्रहार गरिएका नयाँ चरणका क्षेप्यास्त्र सफलतापूर्वक रोकेको जनाएको छ ।

    images
    images
    images

    यूएईको रक्षा मन्त्रालयका अनुसार देशतर्फ लक्षित क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीमार्फत क्षेप्यास्त्र नष्ट गरिएको हो । उक्त कारबाही प्रभावकारी रूपमा सम्पन्न भएको र कुनै भौतिक क्षति नभएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयले देशको सुरक्षा र स्थायित्वमाथि हुने कुनै पनि खतरासँग जुध्न पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै नागरिक, बसोबास गर्ने विदेशी तथा पर्यटकको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ ।

    images
    images
    images

    प्रतिरक्षा प्रणालीद्वारा अवरोध गरिएका क्षेप्यास्त्रका अवशेष अबुधाबीका सादियात टापु, खलिफा सहर, बनियास क्षेत्र, मोहम्मद बिन जायद क्षेत्र र अल फलाह क्षेत्रमा खसेको जानकारी दिइएको छ । यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

    यूएईले यस घटनालाई राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानूनको खुला उल्लङ्घन भएको उल्लेख गर्दै आफ्नो भूमि, नागरिक र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको जनाएको छ ।

    साथै, मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह वा अप्रमाणित समाचार नफैलाउन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • # युएई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।