Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

कुवेतको गल्तीबस आक्रमणका कारण तीन अमेरिकी लडाकु विमान दुर्घटना : सबै ६ चालक सुरक्षित

कुवेतको गल्तीबस आक्रमणका कारण तीन अमेरिकी लडाकु विमान दुर्घटना : सबै ६ चालक सुरक्षित

images
  • कुवेतको गल्तीबस आक्रमणका कारण तीन अमेरिकी लडाकु विमान दुर्घटना : सबै ६ चालक सुरक्षित
    images
    images

    काठमाडौँ । कुवेतमा अमेरिकी सेनाका तीन लडाकु विमान दुर्घटनाग्रस्त भएका छन् । अमेरिकी पक्षले यो घटना सम्भावित रूपमा आफ्नै पक्षबाट भएको आक्रमणका कारण भएको जनाएको छ ।

    images
    images
    images

    यसअघि कुवेती सेनाले 'धेरै' अमेरिकी लडाकु विमान खसेको जानकारी दिँदै घटनाको कारणबारे छानबिन भइरहेको बताएको थियो ।

    images
    images
    images

    अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानविरुद्ध सञ्चालन भइरहेको ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत उडिरहेका एफ-१५ प्रकारका तीन विमान कुवेतको आकाशमा आफ्नै पक्षबाट भएको गल्तीपूर्ण आक्रमणका कारण खसेका हुन् । ति अमेरिकी लडाकु विमान कुवेतले गल्तीले गरेको आक्रमणका कारण खसेको बताइएको छ । 

    images
    images
    images

    विमानमा सवार सबै छ जना चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका र उनीहरूको उद्धार गरिएको अमेरिकी सेनाले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।