Logo

२०८३, श्रावण ३०गते


images
images

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

images
  • कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन तथा क्षेप्यास्त्र आक्रमण
    images
    images

    काठमाडौँ । ईरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै व्यक्ति घाइते भएका छन् ।

    images
    images
    images

    कुवेतको सरकारी समाचार संस्थाका अनुसार आक्रमणपछि विमानस्थलका उडानहरू तत्काल रोकिएका छन् भने केही उडानलाई अन्य विमानस्थलतर्फ मोडिएको छ ।

    images
    images
    images

    कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणमा आक्रमण अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-१ भवनलाई लक्षित गरी गरिएको जनाइएको छ । त्यसपछि सुरक्षा कारणले उडानहरू अन्य विमानस्थलमा पठाइएको बताइएको छ ।

    images
    images
    images

    सरकारी समाचार संस्थाले नागरिकहरूलाई पनि सावधानी अपनाउन आग्रह गरेको छ । क्षेप्यास्त्र आक्रमण रोक्न गरिएको प्रतिकारात्मक कारबाहीका क्रममा आकाशबाट खस्न सक्ने भग्नावशेषबाट सतर्क रहन चेतावनी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।