Logo

२०८३, आश्विन १०गते


images
images

ईरान वार्ता चाहन्छ, तर अब ढिलो भइसक्यो : ट्रम्प

ईरान वार्ता चाहन्छ, तर अब ढिलो भइसक्यो : ट्रम्प

images
  • ईरान वार्ता चाहन्छ, तर अब ढिलो भइसक्यो : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान वार्ताका लागि इच्छुक देखिए पनि अहिले भने ढिलो भइसकेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ईरानको हवाई सुरक्षा, वायु सेना, नौसेना र नेतृत्व कमजोर भइसकेको दाबी गरेका हुन् ।

    images
    images
    images

    यसअघि ट्रम्पले ईरानी नेतासँग वार्ताका लागि आफू तयार रहेको बताएका थिए । उनले ईरानले पहिल्यै वार्तामा आउनुपर्ने उल्लेख गर्दै युद्धअघि अमेरिका र ईरानबीच तीन चरणमा छलफल भइसकेको जानकारी दिएको थियो ।

    images
    images
    images

    यसैबीच, रूसी राष्ट्रपति व्लादिमीर पुतिनले पनि ईरानसँग संवाद गर्ने तयारी गरेका छन् । क्रेमलिनका अनुसार पुतिनले खाडी क्षेत्रका नेताहरूको बढ्दो चिन्ता तेहरानसम्म पुर्‍याउनेछन् ।

    images
    images
    images

    पुतिनले मोहम्मद बिन सलमान र शेख तमीम बिन हमद अल थानीसँग टेलिफोन वार्ता गर्दै क्षेत्रीय द्वन्द्व विस्तार हुन सक्ने र त्यसका गम्भीर परिणाम आउन सक्ने विषयमा चिन्ता व्यक्त गरेका थिए ।

    हालैका आक्रमणमा साउदी अरेबियाको तेल प्रशोधन केन्द्र, संयुक्त अरब इमिरेट्सको फुजैराह ऊर्जा केन्द्र र कतारको रस लाफान ग्यास केन्द्र प्रभावित भएको बताइएको छ । यसले विश्व ऊर्जा बजारमा समेत असर पारेको जनाइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डाेनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।