दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिका-१ नागुको गौरीशंकर मावि. र अपि हिमाल गापा-३ को दुधिलास्थित झाक्सुमा मतदान बहिष्कार गरिएको छ ।
स्थानीयले भौतिक पूर्वाधार लगायतका विकाशको कार्यहरु नभएको कारणले विगतदेखि नै हुदैँ आएको विवादमा सरकारको तर्फबाट प्रदेशको मुख्य सचिव लगायतका व्यक्तिहरु वार्तामा बस्दा समेत सहमति हुन नसकेको कारण मतदाताहरुले निर्वाचन बहिष्कार गरेको बताएका छन् । हालसम्म सो स्थानमा मतदाताहरु उपस्थित भएका छैनन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology