Logo

२०८३, श्रावण ३०गते


images
images

तेहरानमा इन्धन भण्डारण केन्द्रमा इजरायलको आक्रमण

तेहरानमा इन्धन भण्डारण केन्द्रमा इजरायलको आक्रमण

images
  • तेहरानमा इन्धन भण्डारण केन्द्रमा इजरायलको आक्रमण
    images
    images

    काठमाडौँ । इरानको राजधानी तेहरानमा रहेका इन्धन भण्डारण केन्द्रहरूमा इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले तेहरानमा रहेका धेरै इन्धन भण्डारण परिसरलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको हो ।

    images
    images
    images

    इजरायली सेनाले इरानी सरकारले यी इन्धन भण्डारण केन्द्रहरूलाई सैनिक संरचना सञ्चालन गर्न प्रत्यक्ष र निरन्तर रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ ।

    images
    images
    images

    यसअघि इरानको फार्स समाचार संस्थाले पनि तेहरानमा रहेको एक तेल भण्डारण केन्द्रलाई निशाना बनाइएको खबर सार्वजनिक गरेको थियो ।

    images
    images
    images

    यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोको पुष्टि गरिएको छ । उक्त भिडियोमा तेहरानको आकाशमा ठूलो आगोको लप्का उठिरहेको देखिन्छ । तर अहिलेसम्म यस आक्रमणमा कसैको ज्यान गएको छ वा छैन भन्ने विषय स्पष्ट भइसकेको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान अमेरीका युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।