Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

images
  • मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनी नयाँ दिल्लीमा आयोजना हुने एनएक्सटी २०२६ मा भाग लिनको लागि बुधबार भारत भ्रमणमा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । 

    images
    images
    images

    नयाँदिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४, २०२६ मा आयोजना हुने उक्त सम्मेलनमा डा. भट्टराई गेस्ट अफ अनरको रुपमा रुपमा सहभागी हुन लागेको जनाइएको छ । विश्वभरिका नीति/निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने उक्त समिटमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहनेछ। विभिन्न देशका सांसद, नीति/निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ ।

    images
    images
    images

    डा. भट्टराईले सम्मेलनमा मार्च १४ विहान १० बजे 'एआईको युगमा लोकतन्त्र: डिजिटल शासन र युवा' शीर्षकको सत्रमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । डा. भट्टराई मार्च १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।