Logo

२०८३, आश्विन १७गते


images
images

अन्तर्राष्ट्रिय

१७४ यात्रुको ज्यान जोगाउने भारतीय पाइलटको प्रशंसा, मोदीले दिए 'नायक' को संज्ञा

१७४ यात्रुको ज्यान जोगाउने भारतीय पाइलटको प्रशंसा, मोदीले दिए 'नायक' को संज्ञा

images
  • १७४ यात्रुको ज्यान जोगाउने भारतीय पाइलटको प्रशंसा, मोदीले दिए 'नायक' को संज्ञा
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सयौँ यात्रुको ज्यान जोगाउने भारतीय विमान चालक स्मित मच्छारको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत मच्छारलाई ‘नायक’ भन्दै अत्यन्त जोखिमपूर्ण अवस्थामा गम्भीर घाइते हुँदासमेत अरूको ज्यान बचाउन उनले देखाएको साहसको प्रशंसा गरेका हुन् ।

    images
    images
    images

    मोदीले मच्छारको बहादुरीकै कारण सयौँ मानिसको ज्यान जोगिएको र ठूलो दुर्घटना हुनबाट रोकिएको बताएका छन् । उनले भारतलाई क्याप्टेन मच्छारमाथि गर्व रहेको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    images
    images
    images

    बुधबार दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानलाई नियन्त्रणमा लिएर दुर्घटनाग्रस्त गराउने प्रयास भएको थियो । विमानका सहचालकले नै यस्तो प्रयास गरेको बताइएको छ । भारतीय पाइलट स्मित मच्छारले भने सहचालकको योजनालाई असफल बनाएका थिए ।

    images
    images
    images

    घटनाका क्रममा सहचालकले मच्छारमाथि चक्कुले आक्रमण गरेका थिए । उनले विमानको प्रणालीमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए । चक्कुको धेरै प्रहारबाट घाइते भए पनि मच्छारले कठिन अवस्थामा ककपिटको ढोका खोल्न सफल भएका थिए ।

    त्यसपछि विमानमा रहेका दुई जना काममा नरहेका इजरायली पाइलट र अन्य यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । यससँगै १७४ यात्रु सवार विमान दुर्घटनामा पर्नबाट जोगिएको बताइएको छ । घटनामा क्याप्टेन मच्छार गम्भीर घाइते भएका छन् र उनको साउदी अरबको ताबुकस्थित अस्पतालमा उपचार भइरहेको छ ।

    विमानमा सवार १७४ यात्रुमध्ये १५० जना इजरायली नागरिक थिए । उनीहरूमध्ये २७ जना बालबालिका थिए । त्यसैले इजरायली सरकारले पनि भारतीय पाइलटको बहादुरीको प्रशंसा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मच्छारसहित घटनामा संलग्न नायकहरूको प्रशंसा गर्दै असाधारण सुझबुझ र साहस प्रदर्शन गरेर धेरै मानिसको ज्यान बचाएको बताएका छन् । उनले ठूलो दुर्घटना हुनबाट रोक्ने काम गरेको भन्दै मच्छारलाई सच्चा नायकको संज्ञा दिएका छन् ।

    इजरायलका उपमन्त्री अल्मोग कोहेनले पनि क्याप्टेन स्मित मच्छारलाई इजरायलका नायक भएको बताएका छन् । उनले मच्छारले असाधारण सुझबुझ देखाउँदै ककपिटको ढोका खोलेर विमानमा रहेका अन्य पाइलट र यात्रुलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन अवसर दिएको बताएका छन् ।

    कोहेनले आगामी इजरायली संसद् बैठकमा बेन गुरियन विमानस्थलको एउटा विश्राम कक्षको नाम क्याप्टेन स्मित मच्छारको नाममा राख्ने प्रस्ताव अघि बढाउने बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोदी
  • # भारतीय पाइलट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।