Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित छौं : नेतन्याहू

इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित छौं : नेतन्याहू

images
  • इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित छौं : नेतन्याहू
    images
    images

    काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको बताएका छन् । उनले स्वास्थ्य मन्त्री हैम क्याट्जसँगै नेशनल हेल्थ कमाण्ड सेन्टरको भ्रमण गर्दै सेन्टरको कार्यप्रणाली अवलोकन गरेका थिए ।

    images
    images
    images

    नेतन्याहूले भने- 'हामीले उठाएका कदमहरूले ईरानी शासनको रीढ तोड्ने काम गरेका छन् । यो अन्ततः ईरानी जनता माथि निर्भर हुन्छ, तर हामी अझै सक्रिय छौं । यदि हामी ईरानी जनता सँग मिलेर सफल भयौं भने स्थायी परिवर्तन ल्याउन सकिन्छ । यो संघर्षको ठूलो हिस्सा आक्रामक पक्षमा भए पनि महत्वपूर्ण हिस्सा रक्षात्मक पक्षमा पनि छ, जसको केन्द्रमा जनता र नागरिकको शक्ति हुन्छ। '

    images
    images
    images

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा भइरहेको युद्ध 'छिट्टै समाप्त' हुने सम्भावना रहेको बताएका थिए । तर ईरानी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले युद्धको अन्त्य ईरानले निर्धारण गर्ने बताएको छ।

    images
    images
    images

    यसैवीच इरानका विदेश मन्त्री अब्बास अराग्चीले अमेरिकासँग सम्झौताको सम्भावना बारे प्रतिक्रिया दिँदै तत्काल बार्ताको सम्भावना नरहेको बताएका छन् ।

    अराग्चीले मोजतबा खामेनीको नियुक्ति र स्थिरताबारे पनि प्रतिक्रिया दिँदै भने- 'आयतुल्लाह अली खामेनीका छोराको नियुक्ति भनेको पिता शासनको निरन्तरता हो, जसले केही स्थिरता पनि ल्याउछ ।'

    तेलको मूल्य वृद्धिबारे प्रश्नमा अराग्चीले तेलको मूल्य वृद्धिको जिम्मेवारी आफुहरुको नभएको बताउदै यसका लागि इजरायल र अमेरिकी आक्रमण जिम्मेवार राजेको बताए । साथै उनले स्ट्रेट अफ होर्मुज बन्द नगरेका र आवागमनमा रोक नलगाएका दाबि गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेतन्याहू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।