Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरान युद्धको विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद

इरान युद्धको विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद

images
  • इरान युद्धको विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद
    images
    images

    काठमाडौँ । इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच मतभेद खुला रूपमा देखिएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार नेतन्याहू इरानमाथिको आक्रमण जारी राख्न चाहन्छन् भने ट्रम्पले हाल वार्ता र सम्झौतामार्फत समाधान खोज्नुपर्ने पक्षमा रहेका छन्।

    images
    images
    images

    रिपोर्टअनुसार मंगलबार दुई नेताबीच करिब एक घण्टा टेलिफोन संवाद भएको थियो । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले नेतन्याहूले ट्रम्पलाई इरानमाथि प्रस्तावित आक्रमण रोक्नु गल्ती हुने भन्दै सैन्य कारबाही निरन्तर राख्न आग्रह गरेको जनाएको छ ।  

    images
    images
    images

    यसअघि ट्रम्पले आइतबार नेतन्याहूलाई अमेरिका इरानमाथि नयाँ लक्षित आक्रमणको तयारीमा रहेको जानकारी दिएका थिए । उक्त अभियानलाई ‘अपरेशन स्लेजह्यामर’ नाम दिइएको थियो । तर करिब २४ घण्टापछि ट्रम्पले मंगलबारका लागि तय गरिएका आक्रमण तत्कालका लागि स्थगित गरिएको घोषणा गरे ।

    images
    images
    images

    ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सजस्ता खाडी मुलुकको आग्रहपछि आक्रमण रोक्ने निर्णय गरिएको बताएका छन् ।

    अमेरिका इरानसँग तनाव घटाउने र युद्धविराम कायम राख्ने प्रयासमा रहे पनि इजरायलमा फेरि युद्ध चर्काउने चर्चा बढेको छ । अल जजिराको रिपोर्टअनुसार नेतन्याहू सरकार इरानप्रति कडा नीति कायम राख्ने पक्षमा छ । इजरायली टेलिभिजन प्रस्तोता शिमोन रिक्लिनले प्रत्यक्ष कार्यक्रममा तेहरानमाथि पुनः आक्रमण हुन सक्ने दाबी गरेका थिए। उनले इरानको कथित युरेनियम भण्डारण स्थललाई निशाना बनाउन सकिने पनि बताएका थिए। पछि उनले त्यो केवल काल्पनिक चर्चा भएको स्पष्ट पारे ।

    उनको अभिव्यक्तिपछि इजरायलमा विवाद सुरु भएको छ। धेरै नेताहरूले यस्ता विषय राष्ट्रिय सुरक्षासँग सम्बन्धित हुने भएकाले सार्वजनिक रूपमा बोल्न नहुने बताएका छन् ।

    विशेषज्ञहरूका अनुसार इजरायल इरानमाथि दबाब कायम राख्न चाहन्छ, तर अमेरिकाको समर्थनबिना ठूलो सैन्य आक्रमण गर्न उसलाई सहज हुने छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।