Logo

२०८३, आश्विन १८गते


images
images

अन्तर्राष्ट्रिय

नेतन्याहूले मोदीसहित भारतीय पाइलट स्मितलाई दिए इजरायल भ्रमणको निम्तो

नेतन्याहूले मोदीसहित भारतीय पाइलट स्मितलाई दिए इजरायल भ्रमणको निम्तो

images
  • नेतन्याहूले मोदीसहित भारतीय पाइलट स्मितलाई दिए इजरायल भ्रमणको निम्तो
    images
    images

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फ्लाई दुबईका भारतीय पाइलट कप्तान स्मित मच्छरसँग करिब ६ मिनेट फोनमा कुराकानी गर्दै उनलाई इजरायल भ्रमणको निम्तो दिएका छन् ।

    images
    images
    images

    नेतन्याहूले स्मितलाई भारत र इजरायलका जनताको मात्र नभई सम्पूर्ण विश्वकै ‘नायक’ भन्दै उनको साहसको प्रशंसा गरेका छन् । कुराकानीका क्रममा नेतन्याहूले भने, ‘म तपाईं र मेरा मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को स्वतन्त्रता दिवसमा उत्सवको मशाल बाल्न निम्तो दिन चाहन्छु ।’ 

    images
    images
    images

    इजरायलको स्वतन्त्रता दिवसका अवसरमा यरुशलमको माउन्ट हर्जलमा १२ वटा मशाल बाल्ने विशेष समारोह आयोजना हुने गर्छ । देशका लागि विशेष योगदान पुर्‍याउने व्यक्तिलाई उक्त समारोहमा मशाल बाल्ने सम्मान दिइन्छ । सन् २०२७ को इजरायली स्वतन्त्रता दिवस १२ मेमा मनाइनेछ भने मुख्य समारोह ११ मेको साँझदेखि सुरु हुनेछ ।

    images
    images
    images

    नेतन्याहूले स्मितसँग उडानमा वास्तवमा के भएको थियो भनेर पनि सोधेका थिए । स्मितका अनुसार उडान सामान्य रूपमा अघि बढिरहेको थियो। सहायक पाइलटले प्रार्थना गर्न चाहेको बताएपछि उनले त्यसलाई असामान्य मानेनन् । तर प्रार्थना गर्न थालेको करिब ४-५ मिनेटपछि पछाडिबाट उनको टाउकोमा अचानक जोडदार प्रहार भएको थियो । लगातार प्रहार भएपछि मात्रै उनले सहायक पाइलटले आफूलाई आक्रमण गरिरहेको थाहा पाएका थिए । गम्भीर घाइते अवस्थामा पनि उनले ककपिटको ढोका खोल्न सफल भएका थिए ।

    घटना सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अवीव जाँदै गरेको विमानमा भएको थियो । ओमानी सहायक पाइलट हमाम अल-हमामीले विमानमा आपत्कालीन अवस्थामा राखिने विशेष बन्चरोबाट स्मितमाथि आक्रमण गरेको संयुक्त अरब इमिरेट्सका सरकारी वकिलले पुष्टि गरेका छन् । आक्रमणपछि विमान करिब दुई मिनेटमै १७ हजार फिट तल झरेको थियो । 

    चालक दल र यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमान साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गरिएको थियो। विमानमा रहेका १७४ जना सबै सुरक्षित बाहिर निकालिएका थिए ।

    घटनापछि हमामीमाथि सम्भावित आतंकवादी उद्देश्यबारे पनि अनुसन्धान भइरहेको छ। इजरायलका विभिन्न सुरक्षा निकायले उनी तेल अवीव जाने उडानमा कसरी सहायक पाइलटका रूपमा नियुक्त भए भन्ने विषयमा समेत अनुसन्धान गरिरहेका छन् । हमामीलाई साउदी अरबबाट संयुक्त अरब इमिरेट्स लगिएको छ र त्यहाँ उनीविरुद्ध आतंकवादसम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेतन्याहू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।