Logo

२०८३, श्रावण ३०गते


images
images

कृषिकर्मबाटै करोडपति

कृषिकर्मबाटै करोडपति

images
  • कृषिकर्मबाटै करोडपति
    images
    images

    विष्णु पोखरेल, बुटवल । नेपाल कृषिप्रधान देश, यहाँका ८० प्रतिशत बढी नागरिक कृषि पेशामा आवद्ध भएको सरकारी तथ्यांक, तर देशमा आलुदेखी चामलसम्म सबै भारत वा तेस्रो देशबाट भित्रीन्छ । कारण, हामीले गर्ने कृषि परम्परागत र टुक्रे प्रणालीमा आधारित छ । हामीमध्य धेरै जीविकोपार्जनका लागि कृषि गर्छौं । 

    images
    images
    images

    तर, पछिल्लो समयमा देशमा व्यवसायीक कृषिको सुरुवात भएको छ । युवा पुस्ताहरूसमेत कृषिकर्ममा होमिएर प्रबिधिको प्रयोगसंगै व्यवसायीक कृषिबाट राम्रो आम्दानी गरिरहेका छन् । त्यस्तै युवा मध्य एक हुन-  गणेश पोखरेल।

    images
    images
    images

    व्यवसायीक गाइपालनबाट हाल महिनाको लाखबढी आम्दानी गर्दै आएका पोखरेल कृषि कर्ममा जोडिएको झन्डै २ दशक पुगिसक्यो । युवा अवस्थामै कृषिमा जोडिएका उनी सानैमा ठूला कृषि व्यवसायी बन्न चाहान्थे । तर, पाल्पाबाट कृषिकार्यको थालनी गरेका उनले  सफलता प्राप्तिको लागि निकै मेहनत गर्नुपरेको उनी बताउँछन् ।

    images
    images
    images


    कृषि, विदेश, पुन: कृषि :

    पाल्पा रिब्दिकोट गाउँपालीका-२, देउरालीमा स्थायी घर भएका पोखरेलले बि.स.२०६० तिरै घरमा गरिदै आएको परम्परागत कृषिलाइ विकास गरि व्यावसायिक कृषिको सुरुवात गरे। लामो समय व्यावसायिक तरकारी खेतीमा संघर्ष पश्चात पनि खासै राम्रो आम्दानी नभए पछि गरिदै आएको तरकारी खेती परिवारकै अन्य सदस्यहरुलाइ जिम्मा लगाएर उनि बिदेश पसे।

    पहिले साथीभाइहरुबाट बिदेशमा राम्रो हुन्छ। राम्रो कमाइ हुन्छ भन्ने सुन्दै आएका पोखरेलले दुबइमा करिब ४ वर्ष संघर्ष गरे। विदेश देखेर अनि स्वयम भोगेर आएपश्चात उनलाइ फेरि दुबइ फर्किन मन लागेन। स्वदेशमै कृषिमा केहि गरौं भन्ने हुटहुटिलाइ उनले मर्न दिएनन र पुनः कृषि पेसामै पुर्णकालिन भएर होमिए।

    जब मृग, बादर र दुम्सीले पाल्पाबाट लखेटे :

    प्रवीणता प्रमाणपत्र तह सम्म अध्ययन गरेका पोखरेलले अब भने तरकारी उत्पादन, पशुपालनको साथमा तोरी मिल समेत सुरु गरेर आफु र आफ्नो परिवार बाहेक ५-६ जनालाइ दैनिक रोजगारी दिदै थिए। तर, पहाडी जिल्ला पाल्पा र जंगलको छेउमा रहेको उनको फार्मका बाधक बने मृग, बादर र दुम्सी। जंगली जनाबरले सताए र उत्पादनमा नकारात्मक धक्का लागेपछी पनि उनले मन परिबर्तन गरेनन बरु स्थान परिबर्तन गरेर रुपन्देहीको तिलोत्तमा-१० मा झरि गाइपालन सुरु गरे।

    करिब ५ बर्ष अघि १२ लाखको लगानीमा सुरु भएको गाइ फार्ममा यतिबेला १९ वटा दुहुना गाइ र भैसी सहित बाच्छा-बाच्छी र पाडा-पाडी रहेकाछन, भने हालको कुल लगानी आधा करोड नाघिसकेको छ ।

    यतिबेला उनले महिनाको १ लाखबढी कमाइ गर्दै आएको बताउँछन् । कृषिकर्मबाटै आफुले करोड बढिको सम्पत्ति जोडेको पोखरेल बताउँछन् । उनी भन्छन्, 'करोडपति हुन ठुलै उद्योग व्यापार गर्नुपर्छहोला भन्ने लाग्थ्यो, तर त्यसो होइन रहेछ, गाई पालेर र दूध बेचेरै पनि करोडौं कमाउन सकिने रै'छ ।" 


     संगसंगै कृषि, संगसंगै समृद्धि:

    गणेश पोखरेल आफु मात्र पशुपालन र कृषी गर्दैनन। उनी अरु स्थानियलाइ पनि देशमै व्यावसाय गर्न उत्प्रेरित गर्छन। "पशु पालौं, स्वदेशमै युवा स्वरोजगारको प्रवद्धन गरौं" भन्ने पोखरेलको प्रेरणावाट राधा ज्ञवाली, दयाराम पोखरेल, भविश्वर अधिकारी, शंकर भण्डारी, दया गैरे, कमल थापा, चेतनारायण खरेल, माधव पोखरेल लगायत किसानहरु स्वरोजगार वन्न सफल उनी बताउछन। दैनीक एक सय लिटर माथी दुध उत्पादन गर्दै आएका उनिहरु यस पेशावाट आर्थिक सम्वृद्धी हासी गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त देखिन्छ्न।

    सयौं ठक्कर खाएर यहाँसम्म आएका पोखरेल कृषि सजिलो छ र रातारात कमाइन्छ भनेर हाम नफाल्न सचेत बनाउदै भन्छन, 'हजारौं चोट सहेपछी मात्र काली नदि छेउमा जुन पत्थर देखिन्छ त्यसैलाइ नै सालिग्राम भनिन्छ र पुजिन्छ। त्यसैले हरेस नखाइ, धैर्यताका साथ अनि लामो समय पश्चात अलि अलि कमाइ गर्दै आफ्नो घर परिवार संगै रमाएर बस्न चाहानाहुनेहरुको लागी भने कृषि उत्तम पेसा हो।' "विदेशमा मजदुर भएर काम गर्नुपर्ने बाध्यता र स्वदेशमा अन्यलाई समेत स्वरोजगारी दिदै काम गर्नुको मज्जै वेग्लै हुन्छ"- उनी भन्छन्।

    "विदेश गए साहु धनी, गाउँघरमै दुःख गरे आफैं धनी" भन्ने मान्यता राख्ने उनी तरकारी र फलफूल खेतीलाई निकै मन पराउछन। उचित जग्गा र जनशक्ति भए यसलाई पनी साथसाथै अगाडी वढाउने सोचमा छन। तर, तराई क्षेत्रभित्र अलिवढी जमीन खण्डीकरण भईरहेको हुँदा तिलोत्तमा नगरपालीकाभित्र जग्गाको भाडा निकै महङ्गो भएकोले अफ्ठेरो परिरहेको उनले बताए। 

    व्यवसायीक गाई पालनका चुनौती र राज्यसंगको अपेक्षा :

    गाइपालनका मुख्य चुनौती के के अनुभव गर्नु भयो त भन्ने सेतोमसीको प्रश्नमा उनी भन्छन, "मेहेनति  किसानहरु प्रत्यक्ष पिडामा रहेका छन् ।आफूहरुको कडा मेहेनत गरेको गाउँका मानिसहरुले प्रशंसा त गर्छन तर त्यही प्रंशसा र उत्प्रेरणा स्थानीय वा प्रदेश सरकारवाट प्राप्त हुदैन।"

    साथै, नेपाल सरकारको नश्ल सुधारको कार्यक्रम पनि त्यती राम्रो नभएको उनको गुनासो गर्दै उनी भन्छन- "अन्य देशमा दैनीक चालिस पचास लिटर दुध दिने जातको बरगोरुको सिमेन्स पशु पालक किसानहरुलाई उपलव्ध गराईन्छ। तर नेपालमा जम्मा २० लिटर सम्म दुध दिने छ।"

    सरकारको निति तथा कार्यक्रममा किसानहरुलाई सहुलियत व्याज दरमा ऋण प्रवाह गर्ने कार्यक्रमले उत्साहित उनी यस पेशालाई यान्त्रिकरण गर्न जरुरी ठान्छन। उनको भनाइ छ- "जोत्ने ट्रक्टर, दूध दुहुनी मेसीन, घाँस काट्ने मेसीन, काउ म्याट जस्ता सामाग्री सवै किसानहरुले सहुलियतमा पाउन सके हाम्रो उत्पादनमा लागत कम हुन सक्छ।"

    सरकारको योजना कस्तो भए हुन्थ्यो भन्ने लाग्छ भन्ने सेतोसीको प्रश्नमा उनी भन्छन- "एउटा पालीकामा कति जनालाई तालिम दिने र व्यवसायी वनाउने भन्ने योजना सरकार को हुनुपर्छ। तालिम लिएकोले उक्त तालिमको उपयोग गरेको छ या छैन? त्यो नियमन हुनुपर्छ। हामी पढेको, बुझेको भनिएको युवा शक्ति पनि इमान्दार भएर राष्ट्रहितमा लाग्नुपर्छ। सडक या सामाजिक संजालमा बोलेर मात्रै हाम्रो राष्ट्रियता जोगिदैन। त्यसका लागि उत्पादनमा वृद्धि गर्नै पर्छ। हो, राज्य संयन्त्र संग आसा गर्नु पर्छ। तर, यो पनि भएन त्यो पनि भएन भन्दै बस्यौं भने हामिले आफुलाइ युवा भन्नु बेकार हुन्छ। अनि अर्को समस्या भनेको कृषिलाइ थोरै पढेका या बृद्दको पेसा ठान्ने हाम्रो जुन कल्चर छ त्यो परिवर्तन हुनैपर्छ।"

    उनी अगाडि थप्छन- "पशु विशेषज्ञ सेवाबाट किसान बञ्चित रहेका छन्। स्थानीय तह पुनःसंरचनासँगै पशुसेवा कार्यालय खारेज भएपछि किसानले उचीत सेवा पाउन सकेका छैनन्। पशुपालन व्यवसायलाई दिगो बनाउन किसानहरुलाई अनुदान दिईनुपर्छ ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।