Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगन थापाको राजीनामा केन्द्रीय समितिको बैठकबाट अस्वीकृत

गगन थापाको राजीनामा केन्द्रीय समितिको बैठकबाट अस्वीकृत

images
  • गगन थापाको राजीनामा केन्द्रीय समितिको बैठकबाट अस्वीकृत
    images
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले विभिन्न कारण दिदै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए ।

    images
    images
    images

    उनले पेश गरेको प्रस्तावमा प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- ‘विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न । त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’

    images
    images
    images

    साथै उपसभापति शर्माले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको उल्लेख गर्दै प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताएका छन् ।

    प्रतिवेदन पेस भएपछि थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको जानकारी गराइएको थियो । साथै आजको बैठक आइतबार विहान ८ बजे बस्नेगरी सकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।