Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

नेपालको स्वतन्त्रताको आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक छ- राष्ट्रपति पौडेल

नेपालको स्वतन्त्रताको आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक छ- राष्ट्रपति पौडेल

images
  • नेपालको स्वतन्त्रताको आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक छ- राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।

    images
    images
    images

    मधेशी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनमा अभिव्यक्त स्वतन्त्रता, सहभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना रहेको बताए ।

    images
    images
    images

    उनले भने- 'यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु ।'

    images
    images
    images

    उनले नेपाल एक बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र हो भन्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताए । 

    ऐतिहासिक रूपमा केही समुदाय-विशेषत: मधेसी समुदाय-राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताहरूको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोगको स्थापना गरिएको उनको भनाई थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।