Logo

२०८३, श्रावण ३०गते


images
images

लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

images
  • लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
    images
    images

    काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्।

    images
    images
    images

    काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१० साप्रेढुङ्गाबाट चेतबहादुर रम्तेललाई २ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ, ७७ हजार रुपैयाँ नगद र डिजिटल तराजुसहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट मिलन तामाङ र सुवास राईलाई ३ ग्राम ४९० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित शनिबार बेलुकी पक्राउ गरिएको छ । यस्तै धरान-१५ बाट पवन सापकोटालाई ट्रामाडोल ३०५ ट्याब्लेट र स्पास्पेन ३१० ट्याब्लेटसहित पक्राउ गरिएको छ ।

    images
    images
    images

    झापाको बिर्तामोड-३ स्थित एक होटलबाट सन्तोष प्रसाईंलाई ४४० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ र नगद १ हजार ५७० रुपैयाँसहित नियन्त्रणमा लिइएको छ ।

    कञ्चनपुरको बेलौरी-१० पन्तचोकबाट डम्बर सिंह कुँवरलाई २ ग्राम १७० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थसहित पक्राउ गरिएको छ । उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा समातिएका हुन् । कैलालीको धनगढी-१० घुईयाघाटबाट बलराम रानालाई ५६० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित शनिबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।