Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

काठमाडौको चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित २ जना नियन्त्रणमा

काठमाडौको चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित २ जना नियन्त्रणमा

images
  • काठमाडौको चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित २ जना नियन्त्रणमा
    images
    images

    काठमाडौँ । काठमाडौ जिल्लाको चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गे अड्डाबाट साउन ३ गते सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    नियन्त्रणम लिईएकाहरुमा काठमाडौको कीर्तिपुर नगरपालिका-९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका-४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई छन् ।

    images
    images
    images

    नियन्त्रणमा लिईएका अनिल देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स व्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा हो । साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    त्यस्तै निज देउला बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई समेत नियन्त्रणमा लिईएको हो । त्यसैगरी उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोवाईल सेट समेत नियन्त्रणमा लिईएको छ ।

    नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, स्कुटर र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।