Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

हतारमा राजीनामा दिएको थिइन, अब महाधिवेशनमा केन्द्रित बनौं : गगन थापा

हतारमा राजीनामा दिएको थिइन, अब महाधिवेशनमा केन्द्रित बनौं : गगन थापा

images
  • हतारमा राजीनामा दिएको थिइन, अब महाधिवेशनमा केन्द्रित बनौं : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले अब पार्टी महाधिवेशनमा केन्द्रित हुने बताएका छन् ।

    images
    images
    images

    मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टीका सबै विषय महाधिवेशनको हलनै तय गर्ने बताएका हुन् ।

    images
    images
    images

    केन्द्रीय समितिले राजीनामा अस्वीकृत गरेपछि बैठकमा सहभागी हुदै सभापति थापाले आफुले आफ्नो कर्तव्य ठानेर कुनै दबाब बिना राजीनाम दिएको तर केन्द्रीय समितिले अस्वीकृत गरेपछि अब यो विषय सकिएको बताएका हुन् ।

    images
    images
    images

    उनले आफुले हतारमा राजीनामा नदिएको बताउदै भने- 'मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं ।'

    उनले चुनावपछि काँग्रेसको नयाँ जिम्मेवारी आएको बताउदै आफुहरुले मतदाताले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताएका छन् । उनले सरकारमा नभएपनि चुनावका बेला जनतासँग गरेका प्रतिज्ञाहरुमा काम गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।