Logo

२०८३, आश्विन ९गते


images
images

"डर" - महेश्वर शर्मा 

"डर" - महेश्वर शर्मा 

images
  • "डर" - महेश्वर शर्मा 
    images
    images

    बा भित्रको सबैभन्दा ठूलो डर 
    खै समाजले के भन्ला ?
    म भित्रको "बा" को 
    डर पनि यहि हो 
    समाजले के भन्ला ?

    images
    images
    images

    छोरी त आफ्नै हो 
    उसलाई त दक्षिणा जति दिए पनि भैगो नि!
    ज्वाईँलाई त अलि राम्रै दक्षिणा दिन पर्छ
    नत्र ईज्जत जाने हो की?
    बा आमाको डर 

    images
    images
    images

    जब 
    यी "दिवसहरु"आउँछन् 
    बलियो भाषण,मन्तव्य 
    दिईएन भने 
    वा सामाजिक सञ्जालमा
    लेख टाँसिएन भने 
    सामाजिक नभईएला कि भन्ने डर? 

    images
    images
    images

    वर्षौँ देखि समाजले 
    शरिरमा यसरी डरको कपडा टाँसिदिएको छ
    न धुँदा जान्छ 
    न च्यात्नै सकिन्छ 
    च्यातुँ नाङ्गो भईएलाकी 
    भन्ने डर? 

    आजभोलि त
    मानिसहरु र क्यामरा सँग 
    मलाई खुब डर लागेर आउँछ
    यी मानिसहरुले पटक पटक 
    आफू भित्र रङ्ग बदल्छन्
    जस्तै आफूले 
    खिचेको तस्बिरको रङ्ग 
    क्यामराले बदल्छ।

     

    महेश्वर शर्मा 
    केन्द्रीय सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 
    हाल सिड्नी अष्ट्रेलिया 
    स्थाई देवदह रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।