काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे ७८ वर्षीय केसीलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।
केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology