Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

images
  • होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने
    images
    images

    काठमाडौँ । बेलायतले होर्मुज संकटबारे ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले यसै साता बैठक बस्ने घोषणा गरेका छन् । बैठकको मुख्य उद्देश्य महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरू पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्नु रहेको जनाइएको छ ।

    images
    images
    images

    यस बैठकमा विश्वका प्रमुख देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। समुद्री मार्गको सुरक्षा, आपूर्ति व्यवस्थापन र दीर्घकालीन समाधानबारे साझा धारणा बनाउने लक्ष्य राखिएको छ ।

    images
    images
    images

    यस विषयमा कतारले पनि चासो देखाएको छ । उता भारतको सहभागिताबारे भने अझै टुंगो लागेको छैन, तर सहभागी हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

    विशेषगरी भारत आफ्नो ऊर्जा आवश्यकताका लागि यस मार्गमा धेरै निर्भर रहेको र सो क्षेत्रमा ठूलो संख्यामा भारतीय नागरिक बसोबास गर्ने भएकाले उसको सहभागिता महत्वपूर्ण मानिएको छ ।

    होर्मुज जलडमरू विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।