Logo

२०८३, श्रावण ३०गते


images
images

आबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा सात नेपालीसहित १२ जना घाइते

आबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा सात नेपालीसहित १२ जना घाइते

images
  • आबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा सात नेपालीसहित १२ जना घाइते
    images
    images

    काठमाडौँ । युएईको अबुधाबीमा इरानी मिसाइल तथा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गर्दा खसेको भग्नावशेषका कारण सात नेपालीसहित १२ जना घाइते भएका छन्।

    images
    images
    images

    अबुधाबी मिडिया अफिसका अनुसार अजबान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (ड्रोन) लाई बिचैमा नष्ट गरेपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका थिए ।

    images
    images
    images

    घाइतेमध्ये एक नेपाली नागरिक गम्भीर घाइते भएका छन् भने अन्य छ नेपाली र पाँच जना भारतीय नागरिक सामान्य रहेको उल्लेख छ । घटनामा कुल सात नेपाली घाइते भएका थिए ।

    images
    images
    images

    अबुधाबी प्रशासनले आपतकालीन टोली परिचालन गरी प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरेको उल्लेख गरेका छन् ।

    युएई रक्षा मन्त्रालयले हवाई रक्षा प्रणालीले मिसाइल र ड्रोनको खतरालाई निषेध गरेको पुष्टि गरेको छ । रक्षा अभियानका क्रममा केही क्षेत्रमा ठूलो आवाज सुनिएको मन्त्रालयले बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान अमेरीका युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।