Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएलमा आज पनि दुई खेल हुदै

आइपिएलमा आज पनि दुई खेल हुदै

images
  • आइपिएलमा आज पनि दुई खेल हुदै
    images
    images

    काठमाडौं । जारी आइपिएल अन्तर्गत आज पनि दुई खेल हुदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    सनराइजर्स हैदरावादले २ खेलमा एक जित र एक हार बेहोरेको छ । सनराइजर्सले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्सले कोलकोतालाई पराजित गरेको थियो । त्यस्तै लखनउले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

    images
    images
    images

    त्यस्तै आज दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किन्सबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनको पहिलो खेल जितेको छ । बैंगलुरुले पहिलो खेलमा सनराइजर्सलाई पराजित गरेको थियो । त्यस्तै चेन्नईले भने यस सिजनका शुरुका आफ्ना दुवै खेलमा हार बेहोरेको छ र पहिलो जितको खोजीमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।