Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल : दिल्लीमाथि गुजरातको एक रनको रोमाञ्चक जित

आइपिएल : दिल्लीमाथि गुजरातको एक रनको रोमाञ्चक जित

images
  • आइपिएल : दिल्लीमाथि गुजरातको एक रनको रोमाञ्चक जित
    images
    images

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।

    images
    images
    images

    गुजरातले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।

    images
    images
    images

    दिल्लीका लागि केएल राहुलले ९२ रन बनाएका थिए भने डेभिड मिलर र पाथुम निसान्काले ४१-४१ रन बनाएका थिए ।त्यस्तै गुजरातका बलर राशिद खानले ३ विकेट लिए भने प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २१० रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले सर्बाधिक ७० रन बनाए भने वाशिंटन सुन्दरले ५५ र जोस बटलरले ५२ रन बनाएका थिए ।

    यस अघि लगातार दुई खेलमा हार बेहोरेको गुजरातको यो पहिलो जित हो । त्यस्तै दिल्लीको तेस्रो खेलमा यो पहिलो हार हो ।

    आइपिएल अन्तर्गत आज कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।