Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कप : कर्णालीमाथि पुलिस क्लब ४८ रनले विजयी

पीएम कप : कर्णालीमाथि पुलिस क्लब ४८ रनले विजयी

images
  • पीएम कप : कर्णालीमाथि पुलिस क्लब ४८ रनले विजयी
    images
    images

    काठमाडौँ । नेपाल पुलिस क्लबले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ । विहिबार पर्सामा सम्पन्न खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।

    images
    images
    images

    पुलिस क्लबले दिएको २६२ रनको लक्ष्य पछाएको कर्णालीले ४५.२ ओभरमा अल आउट हुदै २१३ रन बनाएको थियो ।

    images
    images
    images

    कर्णालीका लागि अर्जुन घर्तिले सर्बाधिक ४६ रन बनाए भने सुनिल धमलाले ३४, विपिन रावलले २८ रनको योगदान दिएका थिए । त्यस्तै पुलिस क्लबका बलर ललित राजबंशीले ५ विकेट लिए भने करण केसीले ३ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो । पुलिसका लागि दिनेश खरेलले सर्बाधिक ८२ रन बनाएका थिए भने अमित श्रेष्ठले ३०, कप्तान आरिफ सेखले २७ रन बनाएका थिए ।

    यो जितपछि पुलिस क्लबको ७ खेलमा ९ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको भने ८ खेलमा ३ अंक रहेको छ र नवौं स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।